नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन , भानु नगरपालिका तनहुँ , नारायणगढ लायन्स क्लब र आँखा उपचार केन्द्र भानु तनहुँको संयुक्त आयोजनामा ५ दिने निशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । कार्यक्रम अनुसार आँखा शिविर यहि माघ २० गते आइतबार कालिमाटी नगरस्तरीय अस्पताल भानु नगरपालिका -१०, कालिमाटीमा, माघ २१ गते सोमबार भानु नगरपालिका -१३, चन्द्रावती बजारमा, माघ २२,२३ र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र एवं आँखा उपचार केन्द्र भानु नगरपालिका -२, नारेश्वरटारमा हुने भानु नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिएका छन् ।आँखाका बिरामीहरुले चेक जाँच गराइ समयमै स्वास्थ लाभ लिनुहुन भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।