व्यास नगरपालिकामा ३ हजार ८ सय ९८ छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।नगरपालिकाको चौध वडाका ५२ खोप केन्द्रबाट ३ हजार ८ सय ९८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो । सोमबार दमौलीमा पालिका खोप समन्यव समितिका पदाधिकारीको लागि अभिमुखीकरण तथा पत्रकार बिच अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले पनि पहिलो चरणमा यही माघ २२ देखि २५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने जनाकारी गराइएको हो । विद्यायलय जाने छात्राहरु३ हजार ८ सय ९८ र विद्यालय नजाने १० जना छात्रालाई खोप लगाईने व्यास नगरपालिका वरिष्ठ अस्पताल नर्सिङ्ग निरिक्षक कल्पना कोइराला दाहालले जनाकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई एचपीभी खोप दिइने छ । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सरकारले देशभर पाठेघरको मुखको क्यान्सर निवारणका लागि एचपीभी विरूद्धको खोप अभियान सञ्चालन गर्ने लागेको छ ।