तनहुँको ऋषिङ्ग गाउँपालिकाको आयोजना तथा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा निशुल्क एक्स–रे द्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविर हुने भएको छ ।अगामी माघ १३ गते ऋषिङ –५ स्थित शंकर प्राविमा हुने गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा सबै रक्तचापको (प्रेसर) जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) जाँच गरिने श्रेष्ठले बताउनुभयो ।उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।
