तनहुँमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत आइताबार महिला बन्दिहरुको लागि मानसिक सचेतना कार्यक्रम सम्पन भएको छ । सामजिक विकाश कार्यालय , संचारिका समुह नेपाल , क्रियाशिल पत्रकार महिला तनहुँ , राष्ट्रिय मानसिक स्वस्थ्य स्वालम्बन तनहुँको संयुतm आयोजनामा कार्यक्रम सम्पन भएको हो । जिल्ला कारागार कार्यलय प्रमुख नारायण प्रसाद अधिकारीले उतm कार्यक्रम बोल्दै बन्दिहरुको लागि मानसिक सचेतना अवश्यक रहेको बताएका छन् । कोशिस नेपाल तनहुँका परियोजना संयोजक महेन्द« आचार्यले पछिल्लो समयमा मानसिक रोगले विभिन्न नकरात्मक सोचले धेरै असरहरु गरेको बताए । मानसिक रोगीको उपचार सम्भव भएकोले समयमै उपचार गर्न सचेतना जगाउनु पर्ने र आपनो समस्यालाई बहिरा ल्याउनु पने बताएका छन् । मनोविद सिता भण्डारी र आरती अधिकारीले मनोसामाजिक स्वास्थ्य सचेतना सम्बन्धी सहजीकरण गरेका थिए । उतm कार्यक्रममा स्वाथ्य सामाग्री र एक सय थान सनिटरी प्पड समेत वितरण गरिएको थियो । कार्यक्रममा कोशिशका सि.सि ओ कल्यण वाग्ले , क्रियाशिल पत्रकार महिला तनहुँकी अध्याक्ष बिमला ढुवाडी, संचारिका समुह नेपाल तनहुँकी अध्याक्ष सम्झाना रसाइली र अन्य पत्रकारको उपस्थित रहेको थियो ।जिल्ला कारागार तनहुँमा अहिले १४ जना महिला कैदीबन्दी रहेका छन् ।