तनहुँको बन्दीपुर अस्पताल मातहत रहने गरी डुम्रे बजारमा ओपिडी सेवा संचालन गर्न लागिएको छ । अस्पताललाई असर नपर्ने गरी वडा नं १,४ र ५ का वडावासीलाई लक्षित गरीसेवा बिस्तार गर्न लागेको हो । औषधी लगायतका आवश्यक सामाग्री खरीदमा ४० लाख खर्च भैसकेको बन्दीपुर–१ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले बताउनुभयो । स्वास्थ्य बिमा गराएका यस क्षेत्रका बिरामीलाई ध्यानमा राखेर रिफर लिन बन्दीपुर जानुपर्ने बाध्यताको अन्त्य गर्न लागिएको उहाँले बताउनुभयो । सबै कार्य व्यवस्थापन भैसकेकाले स्वास्थ्यकर्मीको व्यवस्थापन भएलगत्तै संचालनमा ल्याइने श्रेष्ठले जनाकारी दिनुभयो । उक्त स्थानमा ओपिडी संचालनमा ल्याएसंगै छिमेकी जिल्ला गोरखाको पालुङटार,छिमेकी पालिका भानु,आँबुखैरेनी र व्यासका केही वडाका बासिन्दाले स्वास्थ्य सुविधा पाउने गाँउपालिकाले जनाएको छ ।