तनहुँमा डेंगु बिरामी बढदै गएको छ । स्वाथ्य कार्यलय तनहुँले दिएको जनाकारी अनुसार बुधबार सम्म ९ सय ७४ जना डेंगु संक्रमणका बिरामी भेटिएका छन् । व्यास नगरपालिकामा ७६,शुक्लागण्डकीमा १ सय १७ जना , भिमादमा ३ जना ,म्याग्देमा ७ जना डेंगु संक्रमण भएको स्वास्थ कार्यलय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जनाकारी दिनुभयो । त्यस्तै बन्दिपुरमा ४२ जना , आँबुखैरेनीमा ७ सय २९ जना डेंगु संक्रमण पुष्ठी भएको अधिकारीले बताउनुभयो । सबैभन्दा बढी आँबुखैरेनीमा डेंगु बिरामी रहेका छन् । गाँउपालिका अध्याक्ष शुक्र चुमानले डेंगु नियन्त्रण गर्न खोज नष्ट अभियानका साथै सचेतना कार्यक्रम सन्चालन गरेको बताउनुभयो । साथै गाँउपालिकाले डेंगुका बिरामीलाई निशुल्लका उपचार समेत गर्ने गरेको चुमानले जनाकारी दिनुभयो । पालिकाहरुले डेंगु बिरामी बढदै गएपछि खोज नष्ट अभियानका साथै सचेतना कार्यक्रम संन्चालन गर्दै आएको छ । हाल सम्म भानु नगरपालिका , घिरिङ्ग गाँउपालिका, ऋषिङ्ग गाँउपालिका र देवघाट गाँउपालिका भने डेंगु संक्रमणको संख्या शुन्य रहेको स्वाथ्य कार्यलय तनहुँले जनाएको छ ।