तनहुँको दमौलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ लिचीघारी स्थित हाउजिङमा बस्दै आउनुभएका बर्ष ४० का शिव अधिकारी रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर सख्त घाइते भएका अधिकारीको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको रायले बताउनुभयो ।