तनहुँ भिमाद नगरपालिका वडा नं ७ अर्चलेमा आगो ताप्ने क्रममा एक बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा ९ बर्षय सुभाष थापा रहेको प्रहरीले जनाएको छ । बालकको भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक शरिरको बिभिन्न भागमा आगोले पोलेर घाइते भएको बताइएको छ । घाइते बालकको उपचारको लागि पश्चिमाचल क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहारी नायव उपरीक्षक युवराज खड्का जनाकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको खड्काले बताए ।