लामो समय देखि तनहुँको विभिन्न ठाँउमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले आदेश दिएको छ । बुधबार प्रशासनले सुचना जारी गदै स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवा मार्न जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई आदेश दिएको हो । बन्दिपुर गाउँपालिका ,भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ,व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिको चितुवा आक्रमणमा परी ज्यान गुमाएका छन् भने एक दरजन भन्दा बढी घाइते भएका छन् । लामो समयको प्रयासबाट पनि चितुवालाई नियन्त्रणमा लिन नसकिएकाले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गोली हान्न आदेश दिएका हुन् । स्थानीय बासिन्दाको जिउज्यानको सुरक्षाको अनुभूति दिन उतm चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाइदिनुहुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ९९४० बमोजिम अनुरोध गरेका हुन् । अर्यालले चितुवा मार्नेगृह मन्त्रालय, अपराध नियन्त्रण शाखा,डिभिजन वन कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल नेपाल,तनहुँ नं २३ गण मनकामना, व्यास नगरपालिकाको कार्यालय, बन्दिपुर गाउँपालिकालाई आवश्यक सहयोग गर्न सुचना पठाएका छन् ।