लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् । श्रोत –रातोपाटी