लागू औषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ काठेखोला गाउँपालिका वडा नं ४ बस्ने २२ बर्षे नर बहादुर थापा रहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । थापाको साथमा भएको झोलामा लुकाई छिपाई ल्याएको नुर्फिन ६८ एम्पुल, फेनेरागन ६९ एम्पुल र डाईजोपाम ,६९ एम्पुल गरी जम्मा २०६ एम्पुल लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

tanahun taranga news

सुनौलीबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख ९९५ नं को बसलाई रोकी चेकजाँच गर्ने क्रममा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ मा चेकजाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो । थापालाई अनुसन्धानका लागि दश दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।