व्यास नगरपालिका १ तालघरेमा सिंगुसले टोकेर एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा व्यास ११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको प्रहरीले जनाएको छ । सुवेदीको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । २ सय भन्दा बढीे सिंगुसलले टोकेर सुवेदीको मृत्यु भएको उपचारमा समलंन्र चिकित्सकहरुले बताउएका छन् । घाइते हुनेमा सोहि ठाँउका ३९वर्षीय यम बहादुर थापा ,व्यास १२ का २५ वर्षीय असोक आले ,व्यास १का २७ वर्षीय ललित अधिकारी, व्यास २का ५० वर्षीय रम्म बहादुर थापा ,व्यास ११का ६८ वर्षीय राजकुमार सिल्वाल ,व्यास ११का २९ वर्षीय सुजन अधिकारी,व्यास १०का १७ वर्षीय कुशल परियार , व्यास १०का ५८ वर्षीय पे्रम राज मिश्र रहेको तनहँु प्रहरी नायक उपरिक्षक युवराज खड्काले जनाकारी दिएका छन् । घइतेको दमौली अस्पतालमा उपचार भईरहेको छ । सिंगुस सिमलको रुखमा रहेको उतm सिंगुसले मोरसाइकल र सर्वसाधारणलाई समेत टोकेको खड्काले बताएका छन् ।