असोज ३० तनहुँ
तनहुँमा अपाङ्गता मैत्री मतदान केन्द्रको निर्माण बारे छलफल सम्पन्न भएको छ । शुक्रबार भएको उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुको सहभागितामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लाई कसरी अपाङ्गता मैत्री बनाउने भन्ने विषयमा निर्वाचन कार्यालय तनहुँका कार्यालय प्रमुख हरि प्रसाद ढकालसँग छलफल गरिएको हो । कार्यक्रममा व्यास नगरपालिका वडा नं २, ३ र ४ का मतदान केन्द्र अपाङ्गतामैत्री भएनभएको स्थलगत अवलोकन समेत गरिएको थियो । उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ, नेपालको अध्यक्ष सावित्री सुवेदी, सचिव कृष्ण थापा, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बास्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तिकरण समाज तनहुँको सदस्य जानुका खनाल लगायतको सहभागिता रहेको थियो ।