तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यही चैत १६ र १७ गते बन्दीपुर गाउँपालिकाको कार्यालय, बन्दीपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभयो। उक्त शिविरको दुवै दिन मृगौला जाँच, थाइराइड परीक्षण, नाक, कान, घाँटी (ईयनटि )जाँच, आँखा जाँच, स्त्रीरोग जाँच, मुटु सम्बन्धी जाँच तथा मुटुको भिडियो एक्सरे इसीजी सेवा भिडियो एक्सरे युएसजी सेवा हाटजोनी रोगको परीक्षण क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम तथा त्यस सम्बन्धी रोगको निःशुल्क औषधि समेत वितरण गरिने थापाले बताउनुभयो । शिविर १६ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म र १७ गते बिहान ९ बजेदेखि ४ बजेसम्म बन्दीपुर अस्पतालमा सञ्चालन हुने गाँउपालिकाले जनाएको छ।