तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १२, जौवारी निवासी ३२ बर्षिय टेक वहादुर आलेको मृगौलामा समस्या देखिएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचारत आलेको मृगौलामा समस्या देखिएपछि परिवारजन चिन्तित वनेका छन् ।
निजको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकोले उपचारमा पनि समस्या परेको हुदाँ आलेले सहयोगको अपिल गरेका छन् । उपचार गर्न र नियमित डायलसिस गराउन समेत आर्थिक अभाव भएकोले थप उपचार कसरी गर्ने भन्ने भएको आमा तेजमाया आलेले बताईन । निज आलेको वुवा स्वर्गीय भईसकेको र परिवारको सम्पुर्ण दायित्व आफनो काँधमा आएको अवस्थामा आफनो यो अवस्थाले थप पिडा दिएको आलेले बताए ।


वाँच्ने तिव्र आशाका वीचमा रहेको आलेले जीवन वचाईदिनुहुन अपिल समेत गरेका छन् । भर्खरको युवा अवस्थाका आलेले वाँचेर केही गर्ने अभिलाषा व्यक्त गरे । नियमित उपचारमा समेत कठिनाई वनेको हुदाँ एनआईवी वैकमा रहेको टेकवहादुर आलेको नामको खाता नं २२५०५३९०२५००२३ सकेको सहयोग गर्न दानदातासँग आलेले अपिल समेत गरे ।