तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा विश्व क्षयरोग दिवस मनाइएको छ। आइतबार एक कार्यक्रमका बीच हामी क्षयरोग अन्त्य गर्छौं भन्ने मूल नाराका साथ बन्दीपुर अस्पतालमा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा दिवस मनाइएको हो। सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ लगायत बन्दीपुर अस्पतालका कर्मचारी डाक्टर स्वास्थ्य स्वयंसेविका लगाएको उपस्थितिमा रहेको थियो । दिवसमा बन्दीपुर अस्पतालमा रहेका विभिन्न बिरामीहरू को स्वास्थ्यको अवस्थाको विषयमा जानकारी लिँदै बिरामीहरूलाई फलफुल र हर्लिक्स समेत वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।