डि याफ एस बोर्डिङ स्कुलकमा अध्यानरत कक्षा पाँचका विद्यार्थीले तनहुँका दुबै मृगौला बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।
लामो समय देखि बिरामी भएर घरमै थलिएका तनहुँको जिल्ला बन्दिपुर गाँउपालिका १ सिमलस्वाराका कृष्ण बिकलाई बिहिबार विद्यार्थीहरुले तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई नगद दुई हजार पाँच सय चालिस रुपयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
समाजिक शिक्षा पुस्तकमा रहेको सामाजिक कार्य बिषय पढाउने क्रममा देखाईएको भिडियो दृस्यबाट प्रभाबित भई कक्षा ५ मा अध्यानरत विद्यार्थीहरुले १ दिनको खाजा खर्च स्वरुप ल्याएको रकम पिडितलाई दिन चाहेको बिद्यालयका प्रधानध्यपक स्वतन्त्र कुमार सोतीले जानकारी दिनुभयो ।
उक्त बिद्यालयका बिद्यार्थीहरु भन्छन् हामीले एक दिनको खाजा नखाएर त्यो रकम बिरामीलाई अन्य सामाजिक कार्यमा सहयोग गर्यै भने पुन्य हुन्छ । “हामीले सामाजिक कार्य गर्नुपर्छ पुस्तकमा अध्यान गरेको कुरालाई व्यावहारमा लागु गरेका मात्र हाै “। तेसैले सहयोग गरेका हौ । बिद्यार्थीहरु सहयोग गर्न पाउदा खुसि लागेको बताउछन् ।