तनहुँ ७ असोज
सर्पाले टोकेको महिलालाई ऋषिङ्ग–८ का वडाअध्याक्षले उद्धार गरेका छन । ऋषिङ्ग गाउँपालिका वडा नं ८ का वडाअध्याक्षल भरत कृष्ण श्रेष्ठले सर्पले टोकेको महिलाको आज उद्दार गरेका छन् । सोही वडाको सतिकोट निवासी मिन बहादुर थापाको बुहारी बर्ष २६ की गिता थापालाई सर्पले डसेपछि वडाअध्याक्ष श्रेष्ठले आफ्नै गाडीमा राखेर उपचारको लागि पोखरा लगेका हुन् । सर्पले महिलाको खुट्टामा टोकेको बताइएको छ । वडाअध्याक्ष श्रेष्ठले उनलाई निःशुल्क रुपमा सेवा दिएको बताईएको छ । वडाअध्याक्ष श्रेष्ठ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारबाट बिजयी भएका थिए ।