तनहुँ जिल्ला देवघाट गाँउपालिका वडा नं स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ५, पीपलटारमा वस्दै आएका ४९ वर्षिय विनुमाया गुरुङलाई कलेजोको क्यान्सर भएको छ ।
मुटु पोल्ने, पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गराएका गुरुङले विपी कोईराला क्यान्सर अस्पताल भरतपुरमा पुगेर उपचार गरेपछि कलेजोको क्यान्सर भएको डा. ले वताएपछि छाङ्गावाट खसेझै भईन ।
आर्थिक अवस्था अत्यन्त दयनीय रहेको गुरुङको स्वास्थ्य उपचारको लागी हालसम्म ठुलो रकम खर्च भएको र अवको उपचारको लागी आर्थिक अभाव भएको हुदाँ सहयोगको लागी याचना समेत गरेको निजको श्रीमान् दल वहादुर गुरुङले वताए ।
आर्थिक अवस्था अत्यन्त दयनीय भएको गुरुङ हाल अर्काको जग्गामा वस्दै आएका छन् । एक छोरा र २ छोरी रहेका गुरुङको छोरा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।
दैनिक ज्याला मजदुर गरेर जीवन यापन गर्दे आएको गुरुङ परिवारमा श्रीमतीको कलेजोको क्यान्सर देखिएपछि कसरी उपचार गर्ने भन्ने पीडामा रहेको श्रीपान दल वहादुरले वताए । हालसम्म ह्ण गरेर करिव २ लाख उपचारमा खर्चिसकेका गुरुङ दम्पतीले परिवारको उपचारका लागी सहयोग जुटाईदिन आग्रह समेत गरेका छन् । अहिलेसम्म ऋण गरेर उपचार गरियो, अवको उपचार कसरी गर्ने, गुरुङले भने ।