असोज ६ तनहुँ
बुधबार लागूऔषध सहित तिन जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं ४ बस्ने बर्ष ३५ की जगमाया गुरुङ , १९ बर्ष सुस्मिता गुरूङ र चितवन ईच्छाकामना गाउँपालिका वडा नं ५ बस्ने २९ बर्ष अतित गुरुङ रहेको प्रहारीले जनाएको छ । काकडभिट्टाबाट पोखरा तर्फ जान आउदै गरेको मे १ ख ३१९५ नं को बसलाई तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार रोकी चेकचाँज गर्ने क्रममा प्रकाउ परेका हुन् । अतित गुरुङले लुकाई छिपाई ल्याएको २२ किलो १८५ ग्राम अबैध लागू औषध गाँजा बरामद गरेको हो । तनहुँ जिल्ला अदालतबाट तिनै जनालाई चार को म्याद थप गरि अनुसन्धान भईरेहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्