असोज ५ तनहुँ
बाग्लुङ्गबाट पोखरा आउने क्रममा गएराती हेम्जामा स्कुटर दुर्घटना हुदा व्यास १ का बलबहादुर राईको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा निजको छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको छ । ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो । घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक राईको मृत्यु भएको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ । उनी व्यास नगरपालिका वडा नं १ हाइस्कूलटार स्थित लालीगुराँस विद्या सागर बोडिङ्ग स्कूलका प्रिन्सिपल रहेका थिए ।