तनहुँको डुम्रे साँकृतिक यूवा परिवारले वन्दिपुर वडा नंं ६ स्थित अरुण मा।वि प्राङ्ण, हट्टियामा निःशुल्क आँखा शिविर सम्पन भएको छ ।हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र बन्दिपुर अस्पतालको प्राविधिक सहयोग रहेको उक्त शिविरमा करिब १ सय पचास स्थानिय व्यक्तिहरुलाई निःशुल्क चस्मा र औषधी प्रदान गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बन्दिपुर गाँउपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले आँखाको महत्व, स्वास्थ्य प्रति स्थानिय सरकार सदैब सचेत रहेको बताउदै यस्ता कार्यक्रममा बन्दिपुर गाँउपालिका सदैव हातेमालो गर्न तयार रहेको बताइन्। ।
यसै गरि विशिष्ट अतिथि वडा नं। ६ का वडाध्यक्ष बल बहादुर गुरुङले यस वडा मा आफुले स्वास्थ्य र शिक्षामा विशेष पहल गरेको र डुम्रे साँकृतिक यूवा परिवारले बन्दिपुरको कर्णली मानिने यस स्थानमा आँखा जस्तो अति महत्व पुर्ण स्वास्थ्य शिविर ल्याइदिएकोमा विशेष धन्यवाद दिए ।
सोमबार, सम्पन्न भएको यस शिविरमा डुम्रे साँस्कृतिक यूवा परिवारका पूर्व अध्यक्ष राजेश पिया र संयोजक शम्भु श्रेष्ठले यस क्लवको परिचय साथै यस संस्थाले गर्ने सामाजिक, साँस्कृतिक आदि गतिविधिका बारेमा जानकारी दिएको बागेश्वरी यूवा क्लवका अध्यक्ष एवं यस कार्यक्रमा कार्यक्रम संचालक नविन गुरुङले जानकारी दिए ।
आँखा शिविर कार्यक्रम संचालनका लागि साँस्कृतिक क्लवका पूर्व कोषाध्यक्ष दिक्पाल श्रेष्ठ, सदस्य धुर्व श्रेष्ठ, अर्जुन बसियाल, प्राविधिक पल्वि सुल्पि, शशि रुपा खेती र धर्मराज पौडेल को विशेष सहयोग रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
यसै कार्यक्रममा समाजसेवी तथा सरसफाई विज्ञ नमस्ते लाल भुमीले सरसफाई, आँखा र सरसफाईको महत्वको बारेमा प्रकास पार्दै , आठौँ बागेश्वरी कप खुल्ला भलिबल प्रतियोगिता का लागि जस्ट चिल डुम्रे र हिमालयन क्याफे बन्दीपुर बाट प्राप्त दुई थान भलिबल र एक थान नेट बागेश्वरी यूवा क्लवका सचिव सुजित गुरुङलाई प्रदान गरे।
उक्त शिविरमा ४ जना विरामीलाई थप उपचारको लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको संयोजक श्रेष्ठले बताए । डुम्रे साँस्कृतिक यूवा परिवार, क्षेत्रीय होटल संघ , डुम्रे इकाई, बागेश्वरी यूवा क्लव र कुसुम स्मृति यूवा क्लवद्वारा आयोजिक कार्यक्रमको सभापतिन्व कुसुम स्मृति क्लवका अध्यक्ष सुनिल दर्जीले गरेका थिए।