असोज ३ तनहुँ
आठौं संविधान दिवसको अवसरमा नेपाल तमु विधार्थी छोंज धीं तनहुँ र व्यास नगर एकाई को संयुतक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष मिलन तमुको नेतृतवमा व्यास ३ स्थित रहेको दुर्गा मन्दिर परिसरमा सरसफाइ गरेका थिए । उतm कार्यक्रममा व्यास नगरपालिका वडा नं ४ का अध्यक्ष मन बहादुर गुरुङ , वडा नं ३ का अध्यक्ष अनुप राना, तमु हयुल छोंज धीं गुरुङ रष्ट्रिय परिष्द तनहुँका अध्यक्ष देव बहादुर तमुको समेत उपस्थित रहेको थियो । कार्यक्रममा करिब २५ जना भन्दा बढीको सहभागिता रहेको कुमार गरुङले जानकारी दिनुभएको छ ।