तनहुँ १९ भदौ
दुबै मृगौला फेल भई उपचाररत रहनुभएकी व्यास नगरपालिका– ७ कलेस्तिका ३४ बर्षिय रन्जना परियार उपचारको लागि आर्थिक अभाव भएको छ । हाल काठमाडौ शिक्षण हस्पिटल उपचाररत रहनु भएकी परियारको उपचारको आर्थिक अभाव भएपछि परिवारजन चिन्तित भएका छन् । रकम अभावका कारण मृगौला पीडित परियार मृत्युसंग लडिरहनुभएको छ । उहाँले अहिले सम्म काठमाडौ शिक्षण हस्पिटल र भारतको हाइद्राबादमा केयर हस्पिटलमा गरि नौ देखि १० लाख खर्च भईसकेको उहाँको आफन्त सुमित्र बि.कले बताउनु भएको छ । आफुसंग भएको रकम र ऋिर्ण गरी ल्याएको पैसा उपचारमा खर्च भईसकेको हुँदा आर्थिक समस्या परेको उहाँको आफन्ती बि.कले बताउनुभयो । उपचारको लागि धेरै रकम लाग्ने भएको र परियारको आर्थिक अवस्था नाजुक रहेकाले उहाँको उपचारको लागि सबैसंग सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । निजको उपचारको लागि सहयोग गर्न चाहनु हुने नेपाल बैंक लिमिटेडमा श्रीमान् शंकर परियारको खाता नं ( ०६००१००७३००१०००००१) र मोबाइल नं ९८२९१४३९३२ सम्र्पक गर्न अनुरोध गर्नु भएको छ ।