स्वास्थ्य मिगौला,समृद्ध म्याग्दे गाँउपालिका भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाले निशुल्क मिगौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको छ । मिर्गोला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गोला केन्द्र काठमाण्डौको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविर कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका वीचमा शुभारम्भ गरे ।

कार्यक्रमको शुभारम्भ गर्दे गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागी कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मिर्गोला परिक्षणको कार्यक्रम ल्याईएको वताए । समान्य खानपीन र स्वास्थ्यमा ध्यान नदिदाँ मिर्गोला रोगले ग्रसित वनिरहदाँ, दैनिक रुपमा मिर्गोला पिडितहरु दैनिक जसो सहयोगका लागी पालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो । पालिकाभित्रका सातै वडा वडामा निशुल्क मिर्गोला परिक्षणकको कार्यक्रम रहेको हुदाँ सवैलाई मिर्गोला परिक्षणमा जोडिन पनि आग्रह गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले हेर्दा आम जनतालाई समान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको वताए । रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्नेछ । आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्ने घिमिरे वताए ।
कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरेको वताए । स्थानिय जनताको आम स्वास्थ्य सेवा जोडिएको विषयमा सहयोग गर्ने कम्पनिको लक्ष्य रहेको हुदाँ भोलिका दिनमा पनि जनचासोको विषयमा सकेको सहयोग गर्ने वताए ।

यसैगरि पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्य सँग अत्यन्तै सम्वेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने वताए । यसैगरि फागुणको १६ देखि चैत्तको ७ गतेसम्म एकीकृत घुम्ति शिविर पनि गरिने अधिकारीले वताए । माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ ।