तनहुँ ६ भदौ
गत तिन दिनमा सात किलो गाँजा र २०८ एम्पुल लागुऔषध बरामद गरेको छ । तनहुँको आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेका हो । काठमाण्डौबाट पोखरा तर्फ जान आउदै गरेको बा २ ख २६७१ नम्बर माईक्रो बसमा चेकचाँज गर्ने उक्त लागूऔषध बरामद गरेको छ । उक्त माईक्रो बसको छतमा रहेको झोला भित्रबाट ५ किलोग्राम ४०० ग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । ग १९ प १०९५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका–२ बस्ने २९ बर्षीय पुष्कर तामाङको साथबाट उक्त लागूऔषध गाँजा फेला परेको हो । मोटरसाइकल चालक सोही स्थान निवासी २२ बर्षीय सुन्दर तामाङ र सुन्दर तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।
दुबै जना व्यक्तिलाई तनहुँ जिल्ला अदालतबाट बाह्र दिनको म्याद थप गरिएको प्रहरी जानएको छ । त्यसैगरी,आबुखैरेनी–४ वेनिटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले दुई सय आठ एम्पुल लागूऔषध बरामद गरेको छ । सुनौलीबाट पोखरातर्फ आउदै गरेको लु १ ख ८५७१ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा लागूऔषध बरामद गरेको हो । उक्त बसमा सवार जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका–१ सत्रसय निवासी २६ बर्षीय दिपेश श्रेष्ठ र सोही स्थान निवासी ३० बर्षीय अजय गुरुङको साथमा रहेको झोलामा लागूऔषध फेला परेको छ । निजको झोलमा डाइजोपाम ६९ एम्पुल, फेनारागन ७० एम्पुल र नुर्फिन ६९ एम्पुल गरी जम्मा २०८ एम्पुल लागु औषध बरामद सहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा आबुखैरेनी गाउँपालिका–२ निवासी २७ बर्षीय प्रितम थापाको समेत संलग्नता रहेको खुल्न आएकोले निजलाई समेत पक्राउ गरिएको छ । पक्राउ तीनै जना युवकलाई तनहुँ जिल्ला अदालतबाट बाह्र दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरीले नायव उपरीक्षक खड्काले जानकारी दिएका छन् ।