तनहुँकाे म्याग्दे गाउँपालिकामा मृगौला परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।गाउँपालिकाले आइतबार एक विज्ञप्तिमा जारी गर्दै गाउँपालिका भित्र बसोबास गर्ने नागरिकहरुलाई सेवा प्रवाह गर्ने उदेश्यले मृगौला परीक्षण कार्यक्रम संचालन गर्ने लागेकाे हाे । जस अनुसार माघ १६ गते वडा नं १ को कार्यालय गुणादीमा , माघ १७ गते टाक्राङ सामुदायिक भवन ,माघ १६ गते जामुने स्वास्थ्य चौकी, माघ १७ गते जामुने स्वास्थ्य चौकी भवन , माघ २१ गते वडा नं ३को वडा कार्यालय भवन ,माघ २२ गते रविचन्द्र प्रा.वि.किल्चोक, माघ १८ गते गणेश मा.वि. छाङ,माघ १९ गते वडा नं ४ को वडा कार्यालय भवन , माघ २३ गते छाङ पाटन आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ५को वडा कार्यालय भवन थाङदी, माघ २१ गते गाउँ स्वारा सामुदायिक भवन र ६ नं वडा कार्यालय भवन , माघ २२ गते मनपाङ स्वास्थ्य चौकी भवन , माघ १८ गते समिधारा आधारभूत स्वास्थ्य केन्द्र र माघ १९ गते वडा नं ७को कार्यालय भवनमा परिक्षण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जनाकारी दिनुभयो ।
