तनहुँको बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर ‘ग र घ’ वर्गका अपाङ्गता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरूको नि शुल्क स्वास्थ्य बिमा गरिदिन भएको हो । क र ख बर्गाका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा संघ र प्रदेश सरकारले गरिदिए पनि ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीहरुको नि शुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो ।थापाका अनुसार “ ६ लाख रूपैयाँ बजेट विनियोजन भएको र यसबाट करिव १७० परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको गरिदिने छ ” ।