तनहुँ १० साउन
तनहुँको सदमुकाम दमौलीमा संक्रमणजन्य बिरामीको चाप बढ्दै गएको छ । पछिलो समयमा कोभिड र संक्रमणजन्य बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले माक्सको प्रयोग अनिवार्य गरेको छ । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही, जिल्लामा हुने गोष्ठी,सेमिनार,विद्यालय,धार्मिक स्थल, मनोरञ्जनस्थलहरु,रंगशाला लगायतका सार्वजनिक स्थलहरुमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । प्रशासनले मंगलबार जरुरी सूचना जारी गर्दै माक्सको प्रयोग गर्न आग्रह गरेको हो । त्यसैगरी,सार्वजनिक सवारी यातायातमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको व्यवस्था मिलाउन
समेत भनिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिएका छन् ।