सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले स्वा शुक बहादुर वि.ककाे परिवारलाई १४ लाखको बिमा मृत्यु दाबी भुक्तानी उपलब्द गराएको छ । बैदेसिक रोजगारको सिलसिलामा कतार पुगेका व्यास नगपालिका ४ सितलचोक टोल निवाशी बिकको पेसरका कारण मृतु भएको थियो । बिसं २०८० साल असोज २१ गते कतारमा काम गरेर फर्कने क्रममा बिकको मृतु भएको बताईएको छ । उनले बैदेशिक रोजगार जानु अघि बिमा गरेका थिए । सोहि बिमा वापत सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स दमौली शाखाले एक कार्यक्रमका बीच बिमा मृत्यु दाबी भुक्तानी गरेको हो । व्यास न पा वडा नं ३ का अध्यक्ष अनुप रानाको रोहोबरमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको इनस्योरेन्सका म्यानेजर शान्ताराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले वि.क को नाममा जारी भएको २ बर्ष ६महिना बैदेशिक रोजगार म्यादी जीवन बिमा योजना बीमालेख अन्तरगर्त बिमा भएको बताउनुभयो । अध्यक्ष रानाले मृतकको श्रीमती शुक माया वि.क लाई रु १४ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । वि क को २छोरी १ छोरा रहेका छन् । २०७५ सालमा स्थापना भएको उक्त इन्स्योरेन्सको नेपालभर १६४ वटा शाखा रहेको छ ।