तनहुँको देवघाटमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नं ५ माथिल्लो बगन्दी बस्ने ७७ बर्षय आश बहादुर गुरुङ रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । गुरुङ आफन्त(नातेदार)को छेवरमा गएर घर नआएको भन्दै खोजतलास गर्ने क्रममा मंगलबार साउने पानीको भिरबाट दुई सय मिटर तल खसेर मृत्यु भएको खाँणले बताउनुभयो । उक्त घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।