असार ३०
गएको असार २ गते तनहँुको व्यास नगरपालिकाका वडा नं ११ स्थित सेरामा बुल्दी खोलाले बगाउदाँ घाईते भएकी स्थानिय युबिना थापाको उपचारको लागि तीन लाख ४७ हजार २ सय ३३ रुपैया संकलन भएको छ । वसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्यनरत थापा विद्यालयबाट घर फर्किने क्रममा बूल्दी खोलाले बगाउदाँ घाईते भएकी थिईन् । उनको पोखरा स्थित फिष्टेल हस्पिटलमा उपचार गरिएको थियो । उपचारको क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्व प्र.अ शर्मिला पौडेल ओझाले सहयोग संकलन अभियान चलाएकी थिईन् । सोही अभियानको क्रममा संकलन भएको तीन लाख ४७ हजार २ सय ३३ रुपैयां विहिबार घाईते बालिकाको परिवारलाई हस्तान्तरण गरिएको छ । बालिकाको बुबा अर्जुन थापा मगरलाई शिक्षक ओझाले हस्तान्तरण गरिन् । बालिकको स्वास्थ्यमा सुधार आएपछि उनलाई घर ल्याईएको छ । सामाजिक संजाल मार्फत शिक्षक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघ सस्थाले सहयोग गरेका थिए । बालिकाको उपचारको क्रममा १ लाख ७५ हजार रुपैया खर्च भएको पारिवारले जानकारी दिएको छ । बाँकी रहेको रकम विद्यालय प्रशासन, बालिकाको अभिभावक र टोल विकास समितिका अध्यक्षको रोहवरमा बालिकाको नाममा खाता सचालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले मगरले बताए ।