असार २४

पुल मर्मत नहुदा बिद्यार्थीले सास्ती खप्ेपनु परेको छ । तनहुँको दमौली व्यास नगरपलिका वडा नं १ र १३ जोड्ने भुभुङगे पुल लामो समय सम्म मर्मत नहुदाँ वर्षायाममा पैदलयात्री र विद्यार्थी जोखिम मोलेर हिँड्नु परेको छ । समयमा पुल मर्मत सम्भार नहुँदा यात्रु छाब्दी खोलमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् । पानी पर्दा यो पुलबाट दैनिक ८०÷९० जना विद्यार्थीहरुको वारपार गर्दै आएको व्यास १३ कमलावारी चिसोपानी टोल विकास संस्थाका अध्यक्ष कुल बहादुर दरैले जानकारी दिए ।


पैदलयात्री कुनै दिन खोलामा खस्ने जोखिम छ । पुलमा हिँड्ने पैदलयात्री जुनसुकै बेला खोलामा खस्ने सम्भावना बढेको कमलावारी चिसोपानी टोल विकास संस्थाका अध्यक्ष दरै बताउँछन् । ‘हामीले बारम्बार मर्मत गरिदिनु भनेर वडा कार्यालय नगरपालिकासंग पनि गुनासो सुनाउदै आएको छौं ’, उनी भन्छन्, ‘यति सानो पुलको मर्मतमा हेलचक्राइँ गर्नु गम्भीर विषय हो’ ।
व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खालेले तत्काल मर्मत गर्ने अवस्था नभएकोले यसको डिपीआर तयार परिसकेको र यो साउन सके लगतै काम हुने बताएका छन् । यस बिषयमा जानकारी लिन खोज्दा वडा नं १३ का वडा अध्यक्ष बसन्त आलेलाई फोन सम्पर्क गर्दा उनको फोन नउठेको तरङ्ग सम्वाददाताले बताएका छन् ।