तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका तनहुँले जनाएको छ । उनीहरुको माछा मार्दै पौडी खेल्ने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।