तनहुँको शुक्लागण्डकी नगरपालिका– १० स्थित कुखुरे खोला बस्ने यामबहादुर बिकलाई बामताङ्ग खोलाले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका बिक करीब चार सय मीटर तल ब्राहा खोलाको छेउमा मृत अवस्थामा फेला परेको हुन् । शुक्रबार बिहान करिब १० बजेको समयमा बेपत्ता भएका बिकको खोजतलास गर्दै जाने क्रममा शनिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।