तनहूँको मानेचौकामा खोलाले बगाएर सुन्दर बजारका १० बर्षिय बालक समर्पण परियारको मृत्यु भएको छ । दिउसो करिब १ः ४५ बजेको समयमा तनहूँको भानु नगरपालिका वडा नं. ११ मानेचौका स्थित पाँउदी खोलामा पौडी खेल्दै गर्दा लम्जुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ६ अरेलुचौरका परियारलाई सोही खोलाले बगाई मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयाे ।पाँउदी खोलाले करिब ८०० मिटर तल पुर्याउदा परियारको मृत्यु भएको घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
