तनहुँकाे खैरेनीटारमा करेन्ट लागेर ७३ बर्षिय जयराम पाण्डे घाईते हुनुभएको छ । आज बिहान करिब ९ः २० बजेको समयमा तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. ६ खैरेनिटार ग्याल्शिङ स्थित बाटोमा झरेको बिजुलीको तार पन्छाउने क्रममा पाण्डेलाई अचानक करेन्ट लागी घाईते हुनभएको हो । घाईते भएपश्चात पाण्डेलाई जि. पि. कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिनुभएको छ साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहूँले जनाएको छ ।