अब तनहुँको आँबुखैरेनी अस्पतालबाटै डायलाइसिस सेवा दिने भएको छ । वार्षिक नीति तथा कार्यक्रम २०८०।८१ बमोजिम गाउँपालिका अध्यक्ष शुक्र चुमान,वडा नं ३ का वडाध्यक्ष दिनेश के सी लगायतको समन्वयमा तीन थान डायलासिस मेसिन प्राप्त भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जनाकारी दिनुभयो । शर्माका अनुसार डायलासइसिस सम्बन्धी तालिमको लागि आँबुखैरेनी अस्पतालबाट सम्बन्धीत निकायमा आवश्यक स्वास्थ्यकर्मी पठाइसकेको छ ।उक्त मेसिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्रप्त भएको हो । डायलासिस मेसिनका लागि प्रधानमन्त्री कार्यालयका सचिवालयका सदस्य ओम कुमारी पौडेलको बिशेष पहल रहेको गाँउपालिकाले जनाएको छ । अहिले गाउँपालिका पर्यटकीय,आर्थिक,स्वास्थ्य,शिक्षा र रोजगारमूलक क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको छ ।
