स्वास्थ्य कार्यलय तनहुँको आर्थिक वर्ष २०७९ ÷८० मा चालु तर्फ ७२ . ६२ प्रतिशत र भौतीक ९९ . १४ प्रतिशत काम सम्पन गरेको छ । मंगरबार दमौलीमा पत्रकार सम्मेलन गर्दे स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले सो कुरा बताउनुभएको थियो । अधिकारीका अनुसार पुजीगत तर्फ ९८ .६९ प्रतिशत र भौतिक तर्फ १०० प्रतिशत प्रगती भएको र आ ब २०७९ ÷८० मा प्रदेश समानिकरण तर्फ बित्तिय प्रगती ८२ प्रतिशत र भौतीक प्रगती ९९ प्रतिशत रहेको र संघ तर्फ ५४ प्रतिशत बित्तिय प्रगती र ७९ प्रतिशत भौतीक प्रगती रहेको बताउनुभयो । कार्यलयले मुख्य कार्यक्रम अन्तरगत १ हजार३८ विपन्न ,दलित र अपाङगता भएका सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरेको छ । वैदेशिक रोजगारमा जाने युवायुवतीहरुका लागि स्वस्थ्य सचेतना एवं स्वास्थ्य परिक्षण गरेको कार्यलयले जनाएको छ । खानेपानी आयोजनाको बातावरणीय लेखाजोखा तथा निशुल्क खानेपानी परीक्षणले १० वटा स्थानीय तहको ७६ वटा नमुना परिक्षणमा ४७ धारा, मुल ६ , कुवा ७, ट्याङकी १४ र फिल्टरेशन २ परीक्षण सम्पन गरेको अधिकारीले जनाकारी दिनुभयो ।

त्यस्तै आर्थिक वर्ष २०७९ ÷८० मा प्रगती अवस्था अन्तरगत तनहुँ जिल्ला पुर्ण खोप घोषण साथै निशुल्क परिवार नियोजन बन्ध्याकरण शिविरमा ६३ पुरुष र ३८ महिला गरी कुल १ सय ११ लाभान्बिद भएका सुचना अधिकारी सुदिप कडेलले जनाकारी दिनुभयो। ९ जना सोयम सेवीलाई सम्मान तथा १९ जनालाई तालिम प्रदान समेत गरिएको कडेलले बताउनुभयो । एच.आई.भि लगाएत अन्य रोगको सर्भिलेन्स १ जना नयाँ बिरामी पत्ता लगाई उपचार गरिएको र डेङ्गु रोगको लाङखुट्को बासस्थान तथा लार्भा नष्ट गरिएको कार्यलयले जनाएको छ ।