तनहुँ व्यास नगरपालिका वडा नं १३ बेलवास स्थित मादी र सेती नदिको किनारमा बेवारिसे महिलाको बेवारिसे शव फेला परेको छ । शनिबार दिउसो ७०० मिटर तल सेती नदिको किनारमा अन्दाजी ४०÷४५ बर्षकी महिला शव फेला परेको प्रहरी नायक उपरिक्षक मोहेन बहादुर खाँणले जनाकारी दिनुभयो । गहुँगोरी बर्ण, मझौला शरिर, अनुहारको बाहिरी छालाको भाग सडिगली सकेको, टाउकोको बाहिरी छाला सडिगली कपालको भाग समेत नभएको, शरिरमा कुनै कपडा नभएको, शरिरको भाग फुलेको, उचाई ५ फिट, दाहिने कानमा बुट्टा सहितको सुनजस्तो देखिने पहेलो रंगको मुन्द्रा थान १, नाकमा सुनजस्तो देखिने पहेलो रंगको फुली थान १ र घाटीमा रातो गेडिवाला पोते भएको माला र बाया हातमा रातो चुरा लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाको हालसम्म कहि कतैबाट सनाखत नभई आफन्त यस कार्यालयको सम्पर्कमा नआएको हुँदा सनाखत गर्ने प्रयोजनार्थ बिभिन्न संचार माध्यमहरुमा प्रकाशन र प्रशारण गरी आवश्यक सहयोग गरिदिनुहुन जिल्ला प्रहरी कार्यलय तनहुँले अनुरोध गरेको छ ।
