व्यास नगरपालिका वडा नं १० अधेरीभन्ज्यङका करिब १५ जना भन्दा बढी महिलाहरु लाखौँ रकम ठगिएका छन् । बिना धितो ऋण पाइने प्रलोभन देखाई सोही वडाका महेश गिरीबाट उनीहरु ठगिएका हुन् । पीडित महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा उनी बिरुद्ध मुद्दा दायर गरेका छन् । छ महिनादेखि गिरी फरार हुदै आएका छन् । पोखरा सिजृनाचोकमा ब्यावसाय छ भन्ने काठमार्डौ कंलकीमा हाम्रो हात नेपाल प्रा लि संस्थाको अध्यक्ष हुँ भन्ने व्यास १० दुम्सीचौर पुरानो घर बताउने गिरीले गाउँका सोझा महिलाहरुलाई अनेकौ लोभलालच देखाई नाटकीट ढंगबाट ठगि गरेका हुन् । उक्त व्याक्तिसंग ठगिने समुह मध्यकी यममाया कुमालसंग समाजिक संन्जालबाट चिनजान भएको र यममायाको माध्यामबाट गिरीले ठगेको पीडित महिलाहरु बताउँछन् ।


गिरीले ती महिलाहरुलाई सहकारीमा शेयर हाल्नुहोस् विना धितो रु।१५÷२० लाख रकम लोन ९ ऋिण ० दिने आश्वसन पछि महिलाहरुले शेयर स्वरुप उक्त रकम विभिन्न माध्यमबाट जम्मा गरेको पीडित सपना कुमालले बताइन् । गिरीले प्रत्यक्ष भेटेर नगदी पैसा लिई नकक्ली भौचर बनाएर आफुलाई दिएको र नगद पाएपछि १५ दिनपछि काम हुन्छ,एक महिनामा हुन्छ भन्दै आलटाल गर्न थालेपछि आफुहरु ठगिएको थाहा पाएको उनले जानकारी दिइन् । अहिले आफुहरुको सम्पर्कमा नभएको र फोन लागे पनि तिमीहरुले मलाई केही गर्न सक्दैनौ जे गर्न सक्छ गर जस्ता धम्की दिदै आएकाले मिडियाको सहायता लिन आएको उनले बताइन् ।

सोहि समुहकी अर्की महिलाले माध्याम बनेर आफुलाई भेटाउने गाँउकै यममाया कुमाल माथि पनि शंखा लगेको बताइन् । यममायाले मेरो पनि रु।३ लाख गएको छ छोड्देउ अब पैसाको माया मारिदेउ भन्ने समुहकै दिदिबैनीसंग आफुले फसाएको रकम फरक फरक भन्ने गरेकाले उनी माथि पनि शंखा लागेको उनले बताइन् । फरार रहेका गिरीले ती महिला समुहबाट ११ लाख ५० हजार रुपैया ठगेको पीडित महिलाहरु बताउँछन् ।

गिरिले सोनी कार्कीको १लाख ५०हजार,, बिना खबसको ५० हजार, विमला कुमालको १ लाख , दुर्गादेवी खवसको ५० हजार, सिना खवस १ लाख, यममाया कुमालको १ लाख ५० हजार, र्शमिला खबसको ५० हजार, सपना कुमालको १ लाख ५० हजार , कमला कुमालको १ लाख ५० हजार ,दिनेश कुमालको २ लाख गरि जम्मा ११ लाख ५० हजार नगर लगि फरार भएको पिडित बताएका छन्। यस बिषयमा जानकारी लिदाँ तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले फरार व्यक्तिको खोजी कार्य भैरहेको बताए ।
यो घटनाको बिषयमा के हे त बास्तबिकता तनहुँ तरङ्ग मिडियाले भिडियो सहित सार्बजनिक गरेको छ । भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस ।