व्यास नगरपालिका १ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसबाट त्रि वि मा शिक्षा शास्त्र तर्फ नेपालमै प्रथम भएका सन्देश अधिकारी सम्मानित भएका छन् ।सोमवार नेपाल पब्लिक क्याम्पस संघ स्थापनाको २३ औं बार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा अधिकारीलाई सम्मान गरेका हुन् ।उनलाई पुरस्कार राशी रु १५ हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ ।अधिकारीलाई सम्मान पत्र प्रदान गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले सामुदायिक क्याम्पसमा अध्ययन गरेपनि नेपाल प्रथम भएकोमा बधाई ज्ञापन गरेका थिए ।