तनहुँको व्यास नगरपालिका वडा नं १० अधेरीभन्ज्यङका करिब १५ जना भन्दा बढी महिलाहरुको लाखौँ रकम ठगी गरि एक व्यक्ति फरार भएको भन्दै पिडितहरु मिडिया गुहारेका छन् । फरार हुने व्यक्ति पोखरा सिजृनाचोकमा ब्यावसाय छ भन्ने काठमार्डौ कंलकीमा हाम्रो हात नेपाल प्रा लि संस्थाको अध्यक्ष हुँ भन्ने व्यास १० दुम्सीचौर पुरानो घर बताउने महेश गिरि रहेको पिडिण्तहरुले बताउछन् । उक्त व्याक्तिसंग ठगिने समुह मध्यकी एक महिला यममाया कुमालसंग समाजिक संन्जालबाट चिनजान भएको र यममायाको माध्यामबाट गिरिले ठगेको महिलाहरु बताउछन् । गिरिले महिलाहरुलाई सहकारीमा सियर हाल्नुहोस् विना धितो १५ ÷ २० लाख रकम लोन ( ऋिण ) दिन्छु भन्दै आस्वासन दिएर गिरिले ठगेको ठगिने समुहकी महिला सपना कुमालले बताउनुभयो ।

उहाँले गिरिले प्रत्यक्ष भेटेर नगदी पैसा लिई नकक्ली भौचर बनाएर आफुलाई दिएको र नगद पाएपछि १५ दिन पछि काम हुन्छ १ महिनामा हुन्छ भन्दै टार्दा टादै बर्षै बितेपछी आफु ठगिएको थाहा पाएको बताउनुभयो । अहिले आफुहरुको सम्पर्कमा नभएको र फोन लागे पनि तिमहिरुले मेरो केही बिगर्ने सक्दैनौ जे गर्ने मन छ गर मलाई समात्न सक्दैनौँ जस्ता कुरा गरेको हुदा प्रहरी र मिडिया गुर्हान परेको कुमालले बताउनुभयो । सोहि समुहकी अर्की महिलाले माध्याम बनेर आफुलाई भेटाउने गाँउकै यममाया कुमाल माथि पनि शंखा लगेको बताउनुभएको छ । यममायाले मेरो पनि ३ लाख गएको छ छोड्देउ अब पैसाको माया मारिदेउ भन्ने समुहकै दिदिबैनीसंग आफुले फसाएको रकम फरक फरक भन्ने गरेकाले उनी माथि पनि शंखा लागेको बताउनुभयो । गिरिले त्यो समुहबाट ११ लाख ५० हजार रुपैया ठगेको महिलाहरु बताउछन् ।

गिरिले सोनी कार्कीको १लाख ५०हजार,, बिना खबसको ५० हजार, विमला कुमालको १ लाख , दुर्गादेवी खवसको ५० हजार, सिना खवस १ लाख, यममाया कुमालको १ लाख ५० हजार, र्शमिला खबसको ५० हजार, सपना कुमालको १ लाख ५० हजार , कमला कुमालको १ लाख ५० हजार ,दिनेश कुमालको २ लाख गरि जम्मा ११ लाख ५० हजार नगर लगि फरार भएको पिडिण्तहरुले बताएका छन्। यस घटनाबारे जिल्ला प्रहरी कार्यलयमा निवेदन गरिसक्दा समेत प्रहरीले यस घटना फितलो रुपले हेरेको पिडिण्तहरुको आरोप छ । प्रहरीले यस विषयलाई गम्वीर रुपमा नहरेको र १ वर्ष सम्म पनि फरार व्यक्तिलाई पक्राउ गर्ने नसकेकोले बिकल्प खोज्दै तनहुँ तरङ्ग मिडिया गुहारेको पिडितहरु बताउछन्।

यो घटनाको बिषयमा के हे त बास्तबिकता भनेर तनहुँ तरङ्ग मिडियाले भिडियो सहित सार्बजनिक गरेको छ । भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस…