तनहुँ जिल्ला ऋषिङ गाँउपालिका वडा नं १ गैरा खुदी बस्ने २८ वर्षय उमा आले शुक्रबार दिउसोबाट सम्पर्क बिहिन हुनुभएको छ । गोरो वर्णकी उमा दिउसो ११ बजे बजारमा समान किन्छु् भनेर दमौली बजार आएर घर नर्फकिएको श्रीमान् रोसन आले बताउनुभएको छ । उमाको ४ वर्षय छोरा समेत रहेको श्रीमान्ले आले बताउनुभयो । माईती घर ,आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमतिको पत्तो नलागेपछि उहाँले प्रहरी, पत्रकारलाई खोजी गरिदिन अपिल गर्नु भएको हो ।उमालाई देख्नुहुने मानुभावले नजिकैको प्रहरी कार्यलय वा सम्पर्क नम्बर ९८०३६०७७४९ मा खबर गरिदिनु हुन अनुरोध समेत गर्नुभएको छ ।
