तनहुँकाे आँबुखैरेनीमा चट्याङ लागि पृतम गुरुङको मृत्यु भएको छ । शुक्रवार बिहान करिब २ बजेको समयमा आँबुखैरेनी गाँउपालिका वडा नं.५ खाल्टेपानीका डिल बहादुर गुरुङका छोरा २० बर्षिय पृतम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । डिलबहादुरको एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्न जाँदा घरको कोठा भित्र बसिरहेको निजको छोरा पृतम गुरुङलाई चट्याङ लागी घटनास्थलमा नै मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
