तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं २ एक्लेफाँटमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ सुन्दरबजार नगरपालिका वडा नं ९ बस्ने वर्ष ५८ को चन्द्र ब गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । मुग्लिन तर्फबाट लम्जुङ जानको लागी आउदै गरेको ना ६ ख ३०१६ न। को ट्रक र सोही दिशाबाट आउदै गरेको बा ७० प ९४७४ न को मोटरसाइकल ठोक्किई दुर्घटना भएको हो । मोटरसाइकल चालक तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं २ मार्कीचोक घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं ३ बस्ने वर्ष ५५ को राजु गुरुङ घाईते भएकोमा निज घाईतेको आबुँखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।