तनहुँकाे म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्गमा सोमबार साँझ पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ३३ वर्षिय भिम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जनाकारी दिनुभयाे । उक्त घटनामा परी झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ४५ वर्षिय कृष्ण लिङदेन र उदयपुर जिल्ला कटारी नपा–७ बस्ने ४० बर्षिय बल बहादुर राई घाइते भएका छन् । सडकको माथिबाट पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी घाइतेकाे राईकाे मणिपाल अस्पताल र लिङदेनको रत्नहरि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।