तनहुँमा विवाह गरेको दुई महिना नबित्दै श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तनहुँको भानु नगरपालिका वडा नं ५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ४ मा डेरा गरि बस्ने २१ बर्षय मनोज बिष्टले २२ बर्षय आफ्नै श्रीमती रंगिला भुजेलको हत्या गरेकाे जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अवदेश बिष्ठले जनाकारी दिनुभयो ।
मनाेजलाई व्यास नपा वडा नं ३ तरकारीलाईनबाट मंगलबार राती फेला परेको प्रमुख बिष्ठले जनाकारी दिनुभयो । श्रीमतिले श्रीमानसंग लुकाएर २ वटा सिम प्रयाेग गरेकाे हुदा श्रीमतिकाे हत्या गरेकाे खुल्न आएको छ । उनले प्रहरीसामु आफ्नै श्रीमतिकाे हत्या गरि प्लास्टिकको बोरा भित्र पाेकाे पारि फालेकाे सुईकारेकाे बताईएकाे छ । मृतक महिलाकाे सब
मंगलबार तनहुँ व्यास नगरपालिका वडा नं ४ चिहानडाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी जानको लागी बिछ्याईएको ह्‍युम पाइपमा भेटिएकाे थियाे ।
मनाेज बिस्टलाई पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।