तनहुँको व्यास ४ चिहान डाँडामा एक जना महिलाको शव फेला परेको छ। अन्दाजी २५ देखि ३५ वर्षय महिलाको शव मंगलबार बोरामा पोको परेको अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जनाकारी दिनुभयो । शवको पहिचान नखुलेको र प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम गरिरहेको छ । घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।