काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । सोमबार बिहान टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको हुन् । मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक र गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
